२०८१ बैशाख १३, बिहीबार    

मनहरीमा कार दुर्घटना, हेटौंडा ९ का योग्यराज सापकोटा गम्भीर

२०७९ जेठ ७, शनिबार १२:३७ बजे

मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा(विदुर) गम्भीर घाइते भएका छन । शनिबार बिहान मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको सापकोटा सवार प्रदेश -०३-०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्याङ्करसँग ठक्करखादा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त कारमा सापकोटा ,उनकी श्रीमती सहित दुईजना बच्चा रहेको र सबै घाइते रहेको जनाइएको छ । घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको र सापकोटाको र उनकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ । प्रहरीले ट्याङ्कर तथा चालकलाई नियन्त्रणमा लिएको छ।