मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी नामटारले बुधबार र विहीबार गरी एकहजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले कैलाश गाउँपालिका–९ बाट सोही स्थानका १८ वर्षीय सीताराम थिङ, हेटौंडा–१४ का ३७ वर्षीय सुनिल ढुंगाना र १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी–४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याललाई पक्राउ गरेको हो ।
प्रहरीले सीतारामको साथबाट १२ हजार, सुनिल साथबाट ४२ हजार रुपैयाँ र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको हो । प्रहरीले अनुसन्धानपश्चात् नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनिल र रोजल बाबु/छोरा हुन् ।
प्रहरीले पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।