२०८१ बैशाख ७, शुक्रबार    

एमालेद्वारा प्रदेशसभामा तीनजनाको नाम सिफारिस

२०७९ भाद्र १७, शुक्रबार १५:४५ बजे

नेकपा एमाले मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत् प्रदेश (क )को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।

क्षेत्रीय समन्वय समितिको वैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीनजनाको नाम सिफारिस गरेको हो । वैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

एमालेको समन्वय समितिको वैठकले जिल्लामा रहेको चारवटै प्रदेशसभा सदस्यको उम्मेदवारको नाम टुंग्याउँदैछ ।