२०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा अग्रता फराकिलो बनाउँदै गठबन्धन

२०७९ जेठ ५, बिहीबार १५:०५ बजे

सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की नेतृ मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् । हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणनाुहँुदा लामाले १७ हजार ३४३ मत प्राप्त गरेकी छिन् । उनी नेकपा एमाले मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलभन्दा ११ सय ८० मतले अगाडि रहेकी छिन् । उनी तीन दिनदेखि आफूलाई अग्रस्थानमा राख्न सफल भइरहेकी छिन् । नेकपा एमालेका उम्मेदवार पौडेलले १६ हजार १६३ मत प्राप्त गरेका छन् । मेयरमै राप्रपका उम्मेदवार दीपकबहादुर सिंहले १५ हजार ५१४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार सुमित्र काफ्लेले १७ हजार २८० मत प्राप्त गरेकी छिन् ।