२०८१ बैशाख १३, बिहीबार    

पारिजात पथको कभर्ड उद्घाटन

२०७८ चैत्र १४, सोमबार १४:३१ बजे

हेटौंडा–४, पारिजातपथमा निर्माण गरिएको कभर्ड हलको उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कभर्ड हलको उद्घाटन गर्दै अधुरो काम पूर्ण गर्न आवश्यक बजेट विनियोजन गरिने आश्वासन दिए । एककरोड ४८ लाख रुपैयाँ लागतमा कभर्ड हल निर्माण गरिएको हो । हलमा भलिबलबाहेक इण्डोर खेलहरु खेलाउन सकिन्छ ।

उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष भेष खड्गीले खेलक्षेत्रको विकासमा हेटौंडा उपमहानगरले पुर्‍याएको योगदान चर्चा गरेका थिए । कभर्ड हल निर्माण उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र ढकालका अनुसार कभर्ड हल ५ सय दर्शक क्षमताको हो । कभर्ड हलमा १३ औं दक्षिण एसीयाली खेलकुदमा सहभागि हुने खेलाडीले बन्द प्रशिक्षण समेत गरेका थिए ।

उद्घाटन समारोहमा शिक्षासेवी पुरणबहादुर जोशी, वडा अध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो ।