२०८१ बैशाख १८, मंगलबार    

राक्सिराङमा कस्ले छोड्यो पेस्तोल र बुलेट

२०८० मंसिर १२, मंगलबार १३:२३ बजे

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, दुङ्गुखोलामा प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ ।

सोमबार स्थानीयको पसल अगाडि एकजना मानिसले पेस्तोल देखाएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।

स्थानीयले व्यक्ति र हतियारलाई नियन्त्रणमा लिन खोज्दा कटुवा पेस्तोल १ थान र बुलेट २ थान भुईमा फाली फरार भएको वाग्ती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । पेस्तोल र बुलेट नियन्त्रणमा लिई फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको ।