२०८० चैत्र १५, बिहीबार    

रात्रि बस दुर्घटनामा २ को मृत्यु, ६ जना गम्भीर घाइते

२०७९ आश्विन १७, सोमबार ०७:४१ बजे

मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिक सोमबार राति भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जना गम्भीर र ३० जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भएर राति करिब १ बजेको समयमा नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ की अन्दाजी ५१ बर्षीया कल्पना राजवंशी रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ३६ जना मध्ये ३० जना सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको र थप उपचारका लागी २ जनालाई काठमाडौं, ३ जनालाई भरतपुर रिफर गरिएको र १ जनाको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।