२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुरमा थप १ सय ५७ जनामा डेंगी

२०७९ कार्तिक ४, शुक्रबार ११:५६ बजे

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर अुनसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा डेंगी पुष्टि भएको हो । जसमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरी, बकैया गाउँपालिका भित्रका ३ जना, भीमफेदी र मनहरी गाउँपालिका २/२ जना तथा राक्सिराङ र अन्य जिल्लाका एकएक जना रहेको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा साउनयता डेंगी पुष्टि हुनेको संख्या ४ हजार ५ सय २६ पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।

लामखुट्टेको टोकाईबाट हुने डेंगी देशको ७७ वटै जिल्लामा फैलिएको छ । हालसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगी पुष्टि भएको छ भने डेंगीको कारण ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।