२०८१ बैशाख १४, शुक्रबार    

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

२०७९ श्रावण १६, सोमबार १३:५१ बजे

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जना मृत अवस्थामा उनीहरुको शव फेला परेको पुष्टि गरे ।

मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।