२०८१ बैशाख २२, शनिबार    

हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा

२०८० कार्तिक २०, सोमबार १३:०३ बजे

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा छ ।

पटक–पटक उत्पादन बन्द गर्ने, आंशिक मात्रामा मात्रै उत्पादन गर्ने गरिएको उद्योग पछिल्लोपटक फेरि कोइला किन्न नसकेकै कारण बन्द छ । वि.सं. २०४२ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योगले निजी क्षेत्रमा स्थापित उद्योगहरूसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण घाटामा छ । हेटौंडा सिमेन्ट उद्योगले भने आर्थिक कारण नै समस्या झेल्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म करिब ९० करोड घाटा बेहोरेको पाइएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा एककरोड ५ लाख ४१ हजार एकसय ३६ रुपैयाँ घाटा भएको उद्योगको तथ्याड्ढमा देखिन्छ । यस्तै, २०७६÷०७७ मा २३ करोड ८२ लाख २४ हजार ८ रुपैयाँ, आर्थिक वर्ष २०७७÷७८ मा १७ करोड ४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ, आव २०७८÷०७९ मा १० करोड ६९ लाख २४ हजार नौसय ९३ रुपैयाँ घाटामा गएको उद्योग आर्थिक वर्ष २०७९÷८० मा १० करोड घाटामा गएको देखिन्छ ।