२०८१ बैशाख ७, शुक्रबार    

बानियाँले भने : क्रियाशीलबाटै उम्मेदवार छनौट गरौं

२०७९ श्रावण ४, बुधबार १५:१९ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै बानियाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्गघात बढेकोभन्दै क्रियाशीलबाटै उम्मेदवार छनौट जरुरी रहेको औंल्याए ।

‘पार्टीभित्र आफू केन्द्रीत राजनीति हावी भइरहेको छ । आफूले टिकट पाए ठिक नत्र वेठिक भन्ने प्रवृत्ति बढिरहेको छ । त्यसकारण क्रियाशीलबाट उम्मेदवार छानौं । इलेक्ट्रिक मतदानको व्यवस्था गरौं ।’, उनले भने ।

बानियाँले मंसिरको पहिलो हप्ता हुने निर्वाचनमा संघ र प्रदेश दुवै तहमा कांग्रेसको बहुमत ल्याउने गरी टिकट वितरण गर्न जरुरी रहेको औंल्याए । ‘पार्टीभित्र बढ्दो अनुशासन हिनतालाई तोड्न जरुरी छ ।’, उनले भने ।

बानियाँले स्थानीय तहमा मकवानपुर कांग्रेस पहिलो पार्टी भएपनि जनधार अझै बलियो बनाउन जरुरी रहेको औंल्याए ।