२०८१ बैशाख १५, शनिबार    

जन्ती हिँडेको ट्याक्टर दुर्घटनाहुँदा एकको मृत्यु

२०७९ असार १९, आईतबार १८:०६ बजे

मकवानपुरको पूर्वीक्षेत्रमा वाग्मती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय विद्यार्थी रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँदो करिब ४ बजेको समयमा वाग्मती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना.८ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा सवार २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ७ जना गम्भीर घाइते भएको र उपचारका लागि एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइएको जानकारी दिए ।