२०८१ बैशाख १३, बिहीबार    

पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा

२०७९ कार्तिक २५, शुक्रबार १५:२२ बजे

नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ। शाखा अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष रमेश विष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।  

साधारणसभामा अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका २ जना पत्रकारहरुलाई नगद ५ हजार ५५५ र प्रशंसापत्र सहित सम्मान गरेको थियो । 

पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार २०७८ बाट महासंघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका राममणी दाहाल र न्युच्छेमान स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०७८ बाट प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष तथा राससकी अञ्जली थापालाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव श्रीजना अर्याल, पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल, सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट,नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका पुर्वहरुअध्यक्ष नवराज शर्मा, राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि प्रसाद हुमागाई, समाजवादी प्रेस संगठनका उपमहासचिव रामकुमार एलन, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस नेपाल अध्यक्ष मनोज ढोडरी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, वानका उपाध्याय उज्ज्वल चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।