२०८१ बैशाख १२, बुधबार    

रञ्जन कालाखेती भन्छन् : गठबन्धनको पक्षमा माहौल बढ्दो छ

२०७९ बैशाख १८, आईतबार २०:०६ बजे

सत्तारुढ गठबन्धन तर्फबाट मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार रञ्जन कालाखेतीले आइतबार हाँडीखोला र लोथर बजार क्षेत्रमा घरदैलो अभियान गरेका छन् ।

उनले घरदैलो अभियानको क्रममा जनता उत्साहित देखिएको र गठबन्धनमा मत हाल्न आतुर भएको दावी गरे । ‘सत्ता गठबन्धनको पक्षमा माहौल देखिएको छ । अवश्य पनि जनताले हामीलाई विश्वास गर्नेछन् । हामी जनताको सुख दु:खको साथी हौं ।’, कालाखेतीलाई गठबन्धनभित्रको समझदारी देखेर विपक्षी आत्तिएको टिप्पणी गरे ।

‘हामी गठबन्धन दलहरु एउटै कित्तामा उभिएका छौं । जसको कारणले गर्दा विपक्षी आत्तिएका छन् । वडा तहमा देखिएका समस्या पनि हामीले समाधान गरिसकेका छौं ।’, उनले हाँडीखोला र मनहरी क्षेत्रको विकास गठबन्धनको नेतृत्वले मात्र गर्न सक्ने दावी गरे । ‘गठबन्धनले मात्र यस क्षेत्रको विकास गर्न सक्छ । एमालेले गर्ने भए पाँच वर्षको अवधिमा गथ्र्यो ।’, उनले भने ।