२०८१ बैशाख १६, आईतबार    

लेवटबाट लागूऔषधसहित दुईजना पक्राउ

२०८० मंसिर १३, बुधबार १२:०१ बजे

हेटौंडा–३ लेवटबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले चितवन जिल्लाको रत्ननगर नगरपालिका–१२ का ३० वर्षीय महेश महतो र ३३ वर्षीय अजय लामा रहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो २ बजेको समयमा बसामाडीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.८ प ५४६७ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा मोटरसाइकल चालक महतो र पछाडी सवार लामाको साथबाट लागूऔषध बरामद गरेको थियो ।

उनीहरुको साथबाट लागूऔषध कोरेक्स ३ बोतल, नाईट्राभेट ४ सय ५६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।