२०८१ बैशाख १६, आईतबार    

भदौ २२ गते सार्वजनिक विदाको घोषणा

२०८० भाद्र १८, सोमबार १८:४९ बजे

वाग्मती प्रदेश सरकारले भदौ २२ गते चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार वैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ–५, काठमाण्डौकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० वैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘भौतिक पूर्वाधार विकास मन्त्रालयको श्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव मन्त्रिपरिषद्को वैठकले स्वीकृत प्रदान गरेको छ । ’, प्रवक्ता श्रेष्ठले भने ।