२०८१ बैशाख २२, शनिबार    

अंगारेश्वर दुग्ध सहकारीको २१ औं साधारणसभा

२०८० आश्विन २८, आईतबार १५:५३ बजे

अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौंडा–१७, हटिया ठूलो दमारको २१ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्था अध्यक्ष सुदीप अर्यालको सभाध्यक्षतामा भएको भेलामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिडेका अध्यक्ष हरिप्रसाद कडेँलको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा अध्यक्ष अर्यालले संस्थाको प्रगति प्रतिवेदन, लेखा समिति संयोजक दीपकलाल श्रेष्ठले आर्थिक वर्ष २०७९÷०८० को लेखा सम्बन्धि तथा ऋण समिति संयोजक इन्द्रप्रसाद नेपालले बचत तथा ऋण सम्बन्धि वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका संस्थापक शेयर सदस्य तथा पूर्वअध्यक्ष गोविन्दप्रसाद नेपाल, संस्थापक शेयर सदस्य शान्ताकुमारी श्रेष्ठ, सुदर्शन खतिवडा, टीकादेवी रुपाखेती, जानुकीदेवी लामिछानेलाई भेलामा सम्मानित गरिएको थियो ।

संस्थाले ज्येष्ठ शेयर सदस्य तीर्थकुमार विश्वकर्मा र पदमकुमार श्रेष्ठ तथा संस्थामा धेरै दूध विक्री गर्ने दशजना किसानलाई पुरस्कृत गरिएको थियो ।