२०८१ बैशाख १२, बुधबार    

ढकालद्वारा निर्माण व्यवसायी संघ अध्यक्षमा उम्मेदवारी घोषणा

२०७९ माघ २६, बिहीबार १३:४४ बजे

निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालले उम्मेदवारीको घोषणा गरेका छन् ।

हालको अध्यक्ष समेत रहेका ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । हेटौंडामा पत्रकार सम्मेलन गरी उनले आफ्नो योजनासहित अध्यक्ष पदमा पुनः दोहोरिन चाहेको बताएका छन् । माघ २८ र २९ गते दुईदिन हुने साधारणसभा तथा अधिवेशनमा दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारीबारे ढकालले स्पष्ट पारे ।

४ वर्ष कार्यसमिति सदस्य, ५ वर्ष कोषाध्यक्ष, ४ वर्ष महासचिवहुँदै ३ वर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ढकाल पछिल्लो समय निर्माण व्यवसायीका लागि अनुकुल वातावरण बन्दै गएको बताए । नयाँ दररेट निर्धारण हुनु, व्यवसायीले ५ वटा मात्रै ठेक्का सम्झौता गर्न पाउने व्यवस्थाले व्यवसायीलाई निर्माणको कार्य गर्न अनुकुल भएको दावी ढकालको छ ।

आसन्न साधारणसभामा २ पक्षीय प्यानलनै प्रतिस्पर्धामा हुने सम्भावना रहेको र आफ्नो समूह त्यसका लागि पनि तयार रहेको उनले बताए । आसन्न साधारणसभाबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित १८ सदस्यीय नयाा समिति चयन गर्नेछ । निर्वाचित समितिले ४ जना सदस्य मनोनित गर्नेछ । मकवानपुर जिल्लामा पाँच सय ५० को हाराहारीमा निर्माण व्यवसायी भए पनि चार सय ४५ जना व्यवसायी संघमा आवद्ध छन् ।

उनले केही दिनभित्र प्यानलैसहित उम्मेदवारी घोषणा गरिने बताए ।‘हामी प्यानलैसहित चुनावी प्रतिर्स्धामा उत्रने छौं ।’, उनले सवै निर्माण व्यवसायीलाई समेटेर आफ्नो समूह निर्माण हुने बताए ।