२०८१ बैशाख १६, आईतबार    

नेविसंघ वन विज्ञान हेटौंडाको ईकाई अधिवेशन

२०८० फाल्गुन ३, बिहीबार १६:३६ बजे

नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौं ईकाई समिति अधिवेशन, पुस्तक विमोचन तथा बृहत् सांस्कृतिक कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न भएको छ ।

नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा ईकाई समितिको सातौं अधिबेशन तथा समितिले प्रकाशन गरेको वृन्दावन नामक पुस्तक विमोचन गरिएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले कांग्रेसको मेरुदण्डको रुपमा चिनिने नेपाल विद्यार्थी संघ नै देश हाक्ने सशक्त युवा उत्पादन गर्ने भएकाले अवका दिनमा युवापुस्ताले सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफु लाग्दै र अग्रजहरुलाई खबरदारी गर्न समेत सुझाव दिनुभयो ।

सातौ अधिवेशनले अस्मित घिमिरेको सभापतित्वमा २१ सदस्यीय नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको ईकाई समिति निर्विरोध चयन गरेको छ । समितिको बरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन शर्मा गैरे, विप्पन श्रेष्ठ, सचिव दीपेन्द्र कुमार शाही, कोषाध्यक्ष ऋषिकेश कुमार बानियाँ, उपसचिव सुजल अधिकारी र सहकोषाध्यक्ष संगिता काफ्ले चयन भएका छन् ।

सदस्यहरुमा असिम डुम्रे, दिपा आचार्य, सुष्मा बोगटी, सुरक्षा पौडेल, ज्योति भट्ट, डेविड ठकुरी, पपुजाकुमारी साह कानु, विवेक खत्री, हिमसागर दाहाल र भद्र विष्ट निर्विरोध चयन भएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाका निवर्तमान डिन बलराम भट्ट, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवाल, नेविसंघका केन्द्रीय सदस्यहरु मिलन पुडासैनी, सुजन सापकोटा, दिनेश कुमार शाही, वन विज्ञान अध्ययन संस्थान फरेष्ट्रीका सभापति ऋषि रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।