२०८१ बैशाख १४, शुक्रबार    

१० स्थानीय तहका वडामा को कहाँ शून्य

२०७९ जेठ २, सोमबार २२:०५ बजे

स्थानीय तहको निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमा प्रतिस्पर्धामा रहेका प्रमुख ३ दल विभिन्न स्थानीय तहका वडा अध्यक्षमा शून्य भएका छन् । 

मकवानपुरको ईन्द्रसरोवरमा नेकपा माओवादी केन्द्रले कुनै पनि वडामा वडा अध्यक्षमा जित हासिल गर्न सकेन । थाहा नगरपालिकाको ५ वटा वडा गणना हुँदा एमाले वडा अध्यक्षमा शून्य छ । बागमती गाउँपालिकामा ३ वटा वडा गणना हुँदा वडा अध्यक्षमा कांग्रेस र एमाले शून्य छन् । मकवानपुरगढी गाउँपालिकामा ५ वटा वडा मतगणना हुँदा एमाले र माओवादीले कुनै पनि वडा अध्यक्ष जित्न सकेको छैन । मनहरी गाउँपालिकाको ५ वटा वडाको मतगणना हुँदा एमाले र राक्सिराङ गाउँपालिकाको २ वटा वडाको मतगणना हुँदा माओवादीले वडा अध्यक्ष जित्न सकेको छैन । थाहा नगरपालिकाको ५ वटा वडा गणना हुँदा एमालेले वडा अध्यक्ष जितेको छैन ।