२०८१ बैशाख १७, सोमबार    

लागुऔषध र अवधै कपडासहित ३ जना नियन्त्रणमा

२०८० श्रावण ११, बिहीबार २०:३५ बजे

मकवानपुर प्रहरीले लागु औषध र अवैध कपडा सहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । लागु औषध ओरेनेक्स १ सय एमएल १४ बाेतल सहित हेटौडा १५ बाट १ जना तथा गाँजा ५ किलो ३ सय ग्राम सहित हेटौडा १० टिसिएनबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । यस्तै अवैध कपडासहित हेटौडा १५ राताेमाटेबाट १ जनालाई नियन्त्रणमा लिइएकाे छ ।

असार १० गते प्रहरी चौकी रातोमाटेबाट हेटौडा पथलैयासडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख ०५५३ नं. तेल ट्याङ्करकाे क्याबिनबाट ओरेनेक्स १ सय एमएल १४ बाेतल बरामद गरिएकाे हाे । ट्याङ्कर चालक हेटौडा १ का ४९ वर्षीय शंकर अधिकारीलाई उक्त लागु औषध र ट्याङकर सहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

यसैगरी प्रहरी चौकी रातोमाटेबाट खटिएकाे प्रहरी ना ५ ख ०५५३ नं. तेल ट्याङकरमा सवार निजगढ नगरपालिका ५ बारा का ३२ वर्षीय महिलाले भन्सार छली ल्याएको कपडा नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । १ लाख ४३ हजार ७ सय रुपैया मूल्य बराबरकाे सर्टको थानको कपडा र कुर्था सुरुवाल बिल बिजक नभएको अवस्थामा फेला परेकाेले उक्त महिलालाई कपडा सहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर १० स्थित टिसियन रोडबाट लागु औषध ५ केजी ३ सय ग्राम गाजा सहित गाेरखा बारपाक सुलिकोट ४ का ३२ वर्षीय आशिष गुरुङलाई नियन्त्रणमा लिएकाे छ । सडकमा हिडिहेका गुरुङलाई शंका लागि रितपूर्व जाँच तथा खानतलासी गर्दा गुरुङले बाेकेकाे झोलामा उक्त परिमाणमा लागु औषध गांजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

अबैध कपडा सहित नियन्त्रणमा लिइएकाे महिलालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको कार्कीले बताए । यस्तै लागु औषध सहित नियन्त्रणमा लिइएकाे ट्याङ्कर, ट्याङ्कर चालक अधिकारी र गुरुङमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।