२०८१ बैशाख २४, सोमबार    

लागूऔषध गाँजा र होण्डाइको कारसहित एकजना पक्राउ

२०७९ भाद्र २३, बिहीबार १८:४६ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बा. २० च ६८ नम्बरको होण्डाई कारमा लागूऔषध गाँजा राखी हेटौंडातर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी तथा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२, भैंसेस्थित चेकपोष्ट अगाडी सडकमा सवारी साधनहरु चेक गर्दा चालक चितवन भरतपुर–२४ बस्ने वर्ष ४३ को टेकबहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट १ लाख ३८ हजार र कारको डिक्किमा रातो निलो प्लास्टिकले बेरी, कालो रंगको प्लाष्टिको डोरीले बाँधी बाहिरबाट टेपले बेरी चारपाटे आकार बनाएर गाँजाको १५ वटा पोका जम्मा १६० केजी फेला पारेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।