२०८१ बैशाख ८, शनिबार    

पूर्वविद्यार्थी समाज हेटौंडा क्याम्पसको अध्यक्षमा सारु मगर

२०७९ माघ १२, बिहीबार १७:३३ बजे

हेटौडा क्याम्पस पूर्वविधार्थि समाज दोश्रो अधिवेशन समाजका अध्यक्ष बालकृष्ण चौलागाईंको सभाध्यक्षतामा र जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा क्याम्पस संचालक समितिका अध्यक्ष आन्नदराम पराजुली, क्याम्पस प्रमुख डा. देवचन्द्र मान्नधर , सहायक क्याम्पस प्रमुख देवीराम लामा ,रामबहादुर भण्डारी, संजय बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

२०७६ सालमा तदर्थ समितिको रुपमा गठन पश्चात् क्याम्पसको विकाश र शैक्षिक गतिविधिमा सहयोग पुर्याउदै रचनात्मक र श्रृजनात्मक कार्यक्रम गर्दे सक्रिय रहेका समाजको दोश्रो कार्यकालको लागि विगठित समितिका उपाध्यक्ष अशोक सारु मगरको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा रमा चौलागाई , महासचिवमा डीबी बर्तोला , कोषाध्यक्षमा सन्तोषी बर्तोला र सदस्यहरुमा सुलभ अधिकारी , रिपेश दाहाल र प्रकाश अधिकारी चयन गरेको छ ।
र्वतमान अध्यक्ष स्वत पदेन रुपमा दोश्रो वरियतामा रहने भएकोले थप ३ जना सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष अशोक सारु मगरले बताए ।