२०८१ बैशाख ७, शुक्रबार    

चेल्सी खरिदका लागि प्रिमियर लिगको स्वीकृति

२०७९ जेठ ११, बुधबार ०९:४३ बजे

अमेरिकी ब्यापारी टोड बोहलीलाई चेल्सी खरिद गर्ने बाटो खुल्ला भएको छ । प्रिमियर लिगको बोर्डले चेल्सीलाई खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरेपछि अब टोडले ४.२५ बिलियन पाउण्डमा सो क्लब किन्न पाउने भएका छन् ।

बेलायत सरकारले हालका मालिक रोमन अब्रामोविचलाई बेलायतमा कुनै ब्यापार गर्न नपाउने बताएपछि उनले चेल्सीलाई बिक्रि गर्ने जनाएका थिए । चेल्सीलाई स्वामित्वमा लिएको १९ बर्षपछि उनले क्लबलाई बिक्रि गर्नुपर्ने भएको हो ।

प्रिमियर लिगको बोर्डले खरिदको प्रस्तावलाई पारित गरेपनि अब क्लबको लाइसेन्सलाई बेलायत सरकारले स्वीकृति दिन बाँकी रहेको छ । रोमनको पोर्चुगलको पासपोर्ट भएकाले अब नयाँ लगानीकर्ताले स्वामित्वमा लिँदा सरकारको स्वीकृति चाहिने भएको हो ।

यो बिषय मन्त्रालयमा पुगेको र यसको बिषयमा छलफल भइरहेको बताइएको छ । चेल्सी खरिदका लागि आर्थिक पक्षहरु मिलाउनका लागि केहि जटिलता भएकाले अझै केहि समय लाग्ने बताइएको छ । किनकी चेल्सीको अहिले एक दशमलव ५ बिलियन उधारोमा रहेको छ । त्यसलाई मिलाउनका लागि पनि रोमनलाई केहि समय लाग्ने बताइएको छ ।