२०८१ बैशाख १७, सोमबार    

भारी मतान्तरले मकवानपुर–१ मा डीनाको सुरुवाती अग्रता

२०७९ मंसिर ५, सोमबार १४:५४ बजे

मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले सुरुवाती अग्रता लिएकी छन् ।

सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतगणनामा १३ सय ३५ मत गणनाहुँदा उनले ७८९ मत प्राप्ती गरेकी छन् । डीनाले ४३८ मतले अग्रता कायम गर्न सफल भएकी छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् । थापा तेस्रो स्थानमा छन् । उनी तेस्रो स्थानमा छन् । हाल वाग्मती गाउँपालिकाको झुरझुरे क्षेत्रको मतगणना भइरहेको छ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।