२०८१ बैशाख १२, बुधबार    

हेटौंडाको होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ

२०७९ असार ८, बुधबार १६:४८ बजे

हेटौंडाको एक होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कको ट्राभल होटल एण्ड लजमा पर्सा बिरंगज महानगरपालिका वडा नं. १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत जेठ २९ गतेदेखि श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखेको पाइएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको थियो ।

बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौंडा-१५ बस्ने २९ बर्षिय सुरेश लामा, २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।