२०८१ बैशाख १३, बिहीबार    

अनेरास्ववियु अध्यक्षमा मैनाली

२०७९ श्रावण १९, बिहीबार १४:४४ बजे

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको अध्यक्षमा भुवन मैनाली चयन भएका छन् ।

बुधबार भएको २७ औं जिल्ला अधिवेशनले मैनालीको नेतृत्वमा ३९ सदस्सीय जिल्ला कमिटी निर्माण गरेको हो ।

कमिटीको उपाध्यक्षमा अमृत बर्तौला,सचिवमा पुष्कर तिमल्सिना,सहसचिवमा प्रमोद फुँयाल,दिनेश हुमागाइँ,स्वेच्छा दंगाल र कोषाध्यक्षमा सबिना ढकाल सर्वसम्मत चयन भएकी छन् ।