२०८१ बैशाख २३, आईतबार    

चोरीको मोटरसाइकलसहित पाङ्दुरेका तीनजना नियन्त्रणमा

२०८० श्रावण २१, आईतबार १५:४१ बजे

मकवानपुर प्रहरीले धमाधम मोटरसाइकल चोरी गर्ने समूह पक्राउ गर्न थालेको छ ।

प्रहरीले विशेष गरी जिल्लाको पूर्वीक्षेत्रमा भइरहेको मोटरसाइकल चोरीलाई नियन्त्रणमा गर्न विशेष योजना बनाएको छ । शनिबार चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बकैया गाउँपालिका–४ पाङदुरेका १८ वर्षीय निरोज गोले, २० वर्षीय बिशाल वाईबा र माझखोलाका १८ वर्षीय मनोज तामाङ रहेको प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

हेटौँडाबाट मसानेतर्फ जाँदै गरेको प्रदेश २ ०३–००९ प ३३९३ नम्बरको मोटरसाइकललाई प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंका लागी सुरक्षाजाँच गर्दा मोटरसाइकको कागजपत्र नभएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मोटरसाइकसहित तीनैजनालाई नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।