नेपाली कांग्रेस नगर समिति हेटौंडा उपमहानगरपालिकाले हरितालिका तीजको अवसरमा ‘तीज विशेष कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
भदौ २३ गते हेटौंडा–२ स्थित पल्पसा हलमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा तीज विशेष कार्यक्रम गरिने नगर उपसभापति डोल्मा स्याङ्बोले जानकारी दिइन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा करिब सातसय जना सहभागी हुने अनुमान गरिएको छ । ‘नगरको १९ वटै वडा र कांग्रेसबाट स्थानीय तहमा विजयी भएका महिलालाई समेत कार्यक्रम सहभागी हुनेछन् ।’, उपसभापति डोल्माले भनिन् ।
उनका अनुसार नगर समितिले वर्षेनी तीज विशेष कार्यक्रम आयोजना गर्दै सांस्कृति परम्परालाई संरक्षणमा काम गरिरहेको बताइन् ।