२०८१ बैशाख १८, मंगलबार    

खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन यसै साता

२०८० फाल्गुन १३, आईतबार १६:४८ बजे

हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरमा आयोजना हुने प्रतियोगिता यस पटक राष्ट्रिय स्तरका रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ ।

हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन फागुन १८ गते हेटौंडा रन हुने आइतबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हेटौंडाको बुद्धचौकबाट हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचौकमा आई ५ किलोमिटर दौड पूरा हुने पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए । दौडमा १६ बर्ष उमेर पूरा भएका नेपाली नागरिक सहभागि हुन पाउँने बताइएको छ ।

प्रतियोगिताको‌ विजेताले ६० हजार, दोस्रोले‌ ५० , तेस्रोले ४० हजार र प्रोत्साहन स्वरुप दुई जनाले समान १० हजार रुपैयाँ प्राप्त गर्ने उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहनेले दौडकै दिन फागुन बिहान ६ः४५ बजे सम्म नाम दर्ता गर्न सक्ने बताइएको छ ।

झन्डै ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा करिव १ सय जनाको सहभागिता रहने अनुमान छ । उपमहानगरको खेलकुद समितिले भविष्यमा मेयर कप फुटबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।