२०८१ बैशाख २९, शनिबार    

सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा माग

२०७८ माघ १३, बिहीबार १५:१७ बजे

हेटौंडा/ वाग्मती प्रदेशमा सोनाम ल्होछारको सन्दर्भ पारेर ३ दिन सार्वजनिक विदा दिन माग गरिएको छ । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले यस्तो माग गरेको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै घेदुङले यस प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाउने प्रचलन रहेको जनाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदको वैठकमा उक्त विषयमा छलफल गरी टुंगोमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटी सदस्य सुनिल मोक्तान, प्रदेश कमिटी अध्यक्ष लिलाकुमार घलान र निवर्तमान अध्यक्ष सोमबले तामाङलगायतको उपस्थिति थियो ।