२०८१ बैशाख १२, बुधबार    

मोटरसाईकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ

२०७९ असार २०, सोमबार १२:०४ बजे

मकवानपुरमा मोटरसाईकल चोरीको घटना बढीरहेको अवस्थामा प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आज सोमबार बिहान इलाका प्रहरी कार्यालय फापरबारीले मोटरसाईकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

गएराति २ बजे हेटौंडा १६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाईकल चोरी भएको र बागमती गाउँपालिका तर्फ आईरहेको जानकारी आएपछि प्रहरीले बिहान ६ बजे बागमती-७ को लामिटारबाट दुईजनालाई पक्राउ गरेको कार्यालयका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला सलार्ही बागमती-१ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बारा निजगढ-९ रतनपुर बस्ने ३३ वर्षीय लालकाजि घिसिङ रहेका छन् । उनले घटनाको थप अनुसन्धान भईरहेको बताए ।