२०८१ बैशाख १७, सोमबार    

नयाँ गठबन्धनको वाग्मतीमा सहजै सरकार बन्ने

२०७९ पौष ११, सोमबार १०:०२ बजे

केन्द्रीय तहमा सत्ता समिकरण परिवर्तन भएसंगै वाग्मती प्रदेशमा त्यसको असर पूर्णरुपमा पर्ने भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै एमाले नेतृत्वमा खडा भएको नयाँ समिकरणबाट प्रदेशमा सहजै सरकार निर्माण हुने भएको हो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिएिर एमालेसंग मिल्न पुगेकोसँगै कांग्रेश प्रमुख प्रतिपक्षी दल हुने निश्चित भएको छ । सरकार गठन गर्न ११० सदस्यीय प्रदेशमा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्नेछ । वाग्मतीमा एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिलेर सरकार गठन गर्न सक्ने अवस्था छ । सामान्य बहुमतसहित सरकार गठनका लागि प्रदेशमा ५६ सांसद आवश्यक हुन्छ । प्रदेशमा एमालेको २७ जना सांसद छन् भने माओवादी केन्द्रको २१ जना, राप्रपाको १३ सांसद छन् । सरकार गठनका लागि तीन दलको ६१ जना सांसद पुग्छन् । सरकारको नेतृत्व कुन पार्टीले गर्ने विषयमा अझै सहमति भने भइसकेको छैन ।

केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था बन्दा प्रदेश सरकारमा भने एमाले माओवादी केन्द्र दुवैको बलियो दाबी रहने सम्भावना छ । प्रदेशको संसदीय दलको नेताका लागि सांसद रस्साकस्सी चलिरहेको अवस्थामा माओवादी केन्द्रले सरकारको नेतृत्वमा पनि दावी गरेका छन् । विगतमा पनि बाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनुपर्ने उनीहरुको माग छ ।

माओवादी केन्द्रबाट संसदीय नेताको लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जमरकट्टेल, माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपला समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ बीच कडा प्रतिस्पर्धा देखिन्छ । चारजना नेता आ–आफ्नो दावीसहित दलको नेता चुनिन तीब्र लविङ्गमा रहेका छन् । उनीहरु एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनाव गरेरै दलको नेता चयन गर्ने मनस्थितीमा रहेका छन् ।
एमालेबाट पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलिया दलको एक्ला दावेदारको रुपमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया पनि प्रदेश सरकारको मुख्यमन्त्रीमा दावेदारको रुपमा रहेका छन् ।

प्रदेशको ठूलो दल कांग्रेसको ३७ सिट रहेको छ । कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन् । दुवै पार्टी सभापति शेरबहादुर देउवानिकट मान्निछन् ।

कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी) ७, नेमकिपा ३ र हाम्रो पार्टी २ जना सांसद प्रतिक्षमा रहने देखिन्छ । प्रदेशसभा सदस्यको शपथ ग्रहण आगामी पुस १४ गते बिहीबारलाई तोकिएको छ । बुधबार दिउासो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिने र भोलिपल्ट दिउासो २ बजे अन्य सदस्यले शपथ लिनेछन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यका रुपमा माओवादी केन्ऽका सांसद रामप्रसाद ढुंगानाले अन्य १०९ सांसदलाई शपथ गराउने भएका छन् । ढुंगानाकै अध्यक्षतामा प्रदेशसभाको नयाा अधिवेशन सञ्चालन हुनेछ । सभामुख निर्वाचित नहुादासम्म ज्येष्ठ सदस्यले नै सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । नुवाकोट–२ (१) बाट प्रदेशसभा सदस्य चुनिएका ढुंगाना ७२ वर्षका भए ।