२०८१ बैशाख ११, मंगलबार    

युवा सञ्चारकर्मी विडारीलाई राष्ट्रिय सम्मान

२०८० बैशाख २९, शुक्रबार १९:४५ बजे

मकवानपुरे युवा सञ्चारकर्मी सुवास विडारीले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान–२०७९ प्राप्त गर्ने भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७६ अनुसार देशभरका दशजना सञ्चारकर्मीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । १४ वर्षदेखि खेलकुदलाई मुख्य विधा बनाएर कलम चलाइरहेका विडारीले खेलकुद पत्रकारिता पुरस्कारअन्तर्गत् वाग्मती प्रदेशतर्फ २५ हजार रुपैयाँसहित सम्मान प्राप्त गर्ने भएका हुन् ।

कान्तिपुर दैनिकका मकवानपुर संवाददाता रहेका विडारी खेलकुद पत्रकार मञ्च मकवानपुर उपाध्यक्ष समेत हुन् । खेल क्षेत्रमै कलम चलाएबापत् राष्ट्रिय पुरस्कार प्राप्त गर्दा आगामी दिनमा काम गर्न थप प्रोत्साहन मिलेको उनले बताएका छन् ।

हेटौंडाबाट प्रकाशित भइरहेको साझाकुरा राष्ट्रिय दैनिकका पूर्वसम्पादक समेत हुन् ।