२०८१ बैशाख १७, सोमबार    

हेटौंडाको सञ्चो अस्पतालमा दुईजना डाक्टर कुटपिट

२०८० भाद्र २७, बुधबार १९:३७ बजे

हेटौंडामा दुइजना डाक्टरलाई कुटपिट गरिएको छ ।

बुधवार विहान हेटौंडा उपमहानगरपालिक–१ मा रहेको सञ्चो अस्पतालमा विरामीको उपचार गरिरहेको अवस्थामा दुइजना डाक्टरलाई कुटपिट गरिएको हो ।

सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीलाई हेटौंडा–१२, पदमपोखरीका युवाहरुको समूहले डाक्टरको लापरबाहीका कारण आफ्न्तको मृत्यु भएको आरोप लगाउँदै अस्पतालको एचडीयु कक्षमै डाक्टरमाथि हातपात र कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करिब एक महिना अगाडी डेंगु र स्वासप्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सञ्चो अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाएपछि मृत्यु भएको थियो । उनको मृत्यु डाक्टरको गलत उपचारका कारण भएकोभन्दै उनीहरुमाथि कुटपिट भएको हो ।