२०८० चैत्र १६, शुक्रबार    

कुन्दनराज काफ्ले मुख्य सचेतक चयन

२०७९ माघ २, सोमबार १९:०९ बजे

नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । वैठकमा दल नेता बहादुरसिंह लामाले उनलाई मनोनित गरेको विषयमा जानकारी गराएको सांसद छिरिङदोर्जे लामाले जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।
उनले उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

वैठकलेमा पोखरामा भएको यति एरलाइसन्सको विमान दुर्घटनामा मृत्यु भएको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । कांग्रेसले संसदीय दलको उपनेता र सचेतक अझै चयन गर्न सकेको छैन ।