२०८१ बैशाख १७, सोमबार    

गढीमा मोटरसाइकल दुर्घटनाहुँदा एकै परिवारको तीनको मृत्यु

२०८० मंसिर १४, बिहीबार १७:०६ बजे

मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकै परिवारका तिनैजनाको मृत्यु भएको हो ।

बिहिबार १ बजेको समयमा जिल्ला मकवानपुरगढी-२ धवाडी पुल स्थित भित्रिसडक खण्डमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई करिव १२ मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडी सवार वर्ष ३४ की रुपा स्याङ्तान र ५ महिनाको शिशुको घटनास्थलमा मृत्यु भएको हो । प्रवक्ता भण्डारीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी- २ कुर्ले पाखा बस्ने वर्ष ३५ को भिम बहादुर स्याङ्तान गम्भीर घाइते भएका थिए ।

स्याङ्तानको टाउकोमा चोट लागेको थियो भने उनको हेटौंडा अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । चितवनमा उनको मृत्यु भएको हो । रुपा मोटरसाइकल चालक स्याङ्तानकि श्रीमती हुन् भने ४ महिने शिशु उनीहरुको छोरी हुन् ।