२०८१ बैशाख ७, शुक्रबार    

एसपी बामदेव गौतम चौकी अनुगमनमा

२०७९ भाद्र १, बुधबार १४:१३ बजे

भर्खरैमात्र मकवानपुर सरुवा भएर आएका प्रहरी प्रमुख उपरीक्षक (एसपी) बामदेव गौतम आफू मातहतको इकाईं तथा चौकी अनुगमनमा सक्रिय भएका छन् ।

उनले विशेष गरी जिल्लाको पूर्वीक्षेत्रमा रहेका प्रहरी इकाईं तथा चौकीहरुको पहिलो चरणमा अनुगमन गरेका हुन् । उनले प्रही चौकी चौघडा, ठुलोदमार, पदमपोखरी, र अस्थायी प्रहरी पोष्ट हटिया, हरियाली, मयुरधाप, लामसुरे तथा सामुदायिक सेवा उप–केन्द्र वनस्पती मकवानपुरको अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमन तथा निरीक्षणका क्रममा गौतमले कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारी र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् । अनुगमनका क्रममा अधिकांश प्रहरी इकाईं प्रमुखले आफ्नो समस्याको विषयमा जानकारी गराएका थिए ।