२०७९ मंसिर १५, बिहीबार    

सिंहको मत बढ्न थालेपछि कमल थापा पक्षको आक्रोश, दुई राप्रपा कार्यकर्ताबिच मतगणनास्थलमा झगडा

२०७९ मंसिर ६, मंगलबार १८:०३ बजे

मकवानपुर-१ को मतगणना चलिरहँदा मतगणनास्थलमा नै राप्रपा र राप्रपा नेपालको कार्यकर्ताबीच झगडा हुँदा केहीबेर मतगणना रोकिएको छ।

मतगणना चलिरहँदा राप्रपाको कार्यकर्ताले राप्रपा नेपालको कार्तकर्तालाई बस्न आग्रह गरेपछि दुई पक्षबीच झगडा भएको हो। विवाद बढ्न थालेपछि प्रहरीले उनिहरूलाई मतगणना कक्षबाट बाहिर निकालेको छ।

राप्रपाको उम्मेदवार दीपक सिंहको मत बढ्न थालेपछि कमल थापा पक्षले बिना कारण आफूहरूमाथि आवेग पोखेको उनीहरूको आरोप छ।