२०८१ बैशाख ७, शुक्रबार    

बेरुजु ‘शुन्य’ बनाउने अभियानमा मनहरी गाउँपालिका

२०७९ भाद्र २२, बुधबार १७:१४ बजे

मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिकाले बेरुजु रकम ‘शुन्य’ बनाउने अभियान सञ्चालन गरेको छ । वर्षेनी बेरुजु दर बढ्दै गएपछि गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

स्थानीय तहबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधि आएसँगै गाउँपालिकाले ३५ करोड ७९ लाख १६ हजारमध्ये ५ करोड ३६ लाख २४ हजार रुपैयाँ बेरुजु रकम सम्परीक्षण गरी घटाएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै हाल बेरुजु रकम ३० करोड ४२ लाख ९२ हजार रुपैयाँ बाँकी रहेकोमा गाउँसभाको ११ औं अधिवेशनले लेखा समिति नै गठन गरेर वेरुजु घटाउने काम सुरु गरिएको अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । उनका अनुसार लेखा समितिले थप ६ करोड १७ लाख ८५ हजार ५३४ रुपैयाँ नियमित गराएर सम्परीक्षणका लागि महालेखा परीषकको कार्यालयमा पेश गर्ने चरणमा रहेको बताए । यसअवधिमा ३ लाख ५७ हजार रुपैयाँ बेरुजु समेत गाउँपालिकाले असुल गरेको छ ।

‘अघिल्लो कार्याकालमा अधिक बेरुजु भएको रहेछ । हामीले बेरुजु देखिने शीर्षकमा खर्च नगर्ने नीति अवलम्बन गरेका छौं । अब हामी बेरुजु फस्र्छौटलाई थप प्रभावकारी बनाएर काम अगाडि बढाउने छौं ।’, कालाखेतीले भने ।