२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडामा काठमाडौं भेट्रान्सको सान

२०७९ पौष २१, बिहीबार १८:२९ बजे

हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत् विहीबारको खेलमा काठमाडौंको टोली हावी भएको छ ।

पोखराको टोली भने यस दिन अभागी सावित भए । पराजयसँगै पोखराको दुईवटा टोली एकैदिन प्रतियोगिताबाट बाहिर बाध्य भयो ।

हेटौंडा–५ स्थित क्याम्पाडाँडा खेल मैदानमा जारी प्रतियोगितामा काठमाडौंको दुईवटा टोली विजयी भएको हो । जोरपाटी भेट्रान्स काठमाडौंले बगर भाइ खलकलाई २–०, मनाङ मस्र्याङ्दीले एक्स भेट्रान्स पोखरलाई १–० गोल अन्तरले पराजित गरेको छ । हेटौंडा भेट्रान्सलाई सिमरा भेट्रान्स बाराले १–० गोलअन्तरले पराजित गरेको छ ।

एवीसी पोखराले हेटौंडा– भेट्रान्सलाई ५–० गोलअन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । शुक्रबार फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।