२०८१ जेठ ४, शुक्रबार    

प्रहरीद्वारा ३९ विगाह लागूऔषध अफिम खेती फडानी

२०७८ फाल्गुन ३०, सोमबार १९:५८ बजे

मकवानपुर जिल्लाको विभिन्न स्थानमा गरिएको ३९ विगाह अवैध लागूऔषध अफिम खेती फडानी गरिएको छ ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, वाग्मती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जना प्रहरी टोलीले अबैध लगाूऔषध अफिम खेती नष्ट गरेको हो । प्रहरीले राक्सिराङ–४, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र राक्सिराङ–५,बमकिङ र लाफरलगायत क्षेत्रमा रोपिएको २८ विगाह अफिम खेती फडानी गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलीले बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढापलगायतको क्षेत्रमा रोपिएको ११ बिगाह अबैध लागूऔषध अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।