हेटौंडा/ हेटौंडा–७ स्थित किरण चोक आमा समूहले स्थापना दिवसको सन्दर्भ पारेर आर्थिक अवस्था कमजोर भएको दुईवटा परिवारको स्वास्थ्य वीमा गरिदिएको छ ।
संस्थाको १२ औं स्थापना दिवसको अवसरमा रोश्नी स्याङ्बो र राजकुमार थिङको परिवारको स्वास्थ्य वीमा गरिदिएको हो । संस्थाकी अध्यक्ष सावित्री अधिकारीका अनुसार ७ नम्बर वडाकी वीमा अभिकर्ता अम्बिका कार्कीमार्फत् उनीहरुको स्वास्थ्य वीमा गरिएको हो ।
उक्त कार्यक्रममा किरणचोक आमा समूहकी सचिव मन्दिरा घिमिरे पराजुली, कोषाध्यक्ष ललिता अधिकारी पौडेललगायत कार्यसमितिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।