२०८१ बैशाख १७, सोमबार    

स्वतन्त्रता दिवसमा खाद्यान्न सहयोग

२०८० श्रावण ३०, मंगलबार १७:३९ बजे

भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघले हेटौंडा–१०, राप्तीतटस्थित संस्कृत बेद विद्यालयमा खाद्यान्न सहयोग गरिएको छ ।

कार्यक्रम संयोजक शर्मीला श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल भारत विश्वमैत्री संघका केन्द्रीय अध्यक्ष ज्योतिरत्न बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । विश्वमैत्री संघका केन्द्रीय प्रथम उपाध्यक्ष सुदर्शन अधिकारी ,उपाध्यक्ष सुनिल दाहाल, केन्द्रीय सदस्य सञ्जय श्रेष्ठ , सुधिर दाहाल ,नेपाल भारत मैत्री संघ मकवानपुरका सचिव सरोज अधिकारी , किसान संघ वाग्मती प्रदेश अध्यक्ष मिरा स्याङ्गतान, नेपाल महिला संघ मकवानपुर सचिव निलम देवकोटा लगायत अतिथि रहेका थिए ।

नेपाल तथा भारतका बहुआयामिक मैत्री सदभाव धर्म संस्कृति तथा युगौं युगदेखि चलिआएको युगान्तकार सम्बन्धको बारेमा चर्चा गर्दै सम्पूर्ण भारत तथा भारत बासिहरुलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरिएको थियो ।

संघको जिल्ला शाखाहरुले समेत १५ अगष्टमा ७७ औं भारत स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।