२०८१ बैशाख १४, शुक्रबार    

टाइब्रेकरमा भीमफेदीको भाग्य

२०७९ चैत्र ४, शनिबार १८:४५ बजे

हेटौंडामा शनिबारबाट सुरु भएको दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता–२०७९ मा भीमफेदी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।

भीमफेदीले कैलाश गाउँपालिकालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा भीमफेदीको तर्फबाट रामराज शाही, श्रीजन दानी, समन डंगोल र अर्पण घलनाले गोल गरेका थिए । कैलाशको तर्फबाट अजय गुरुङ र सूर्य थिङले गोल गर्दा सजन जिम्बा र विकल मोक्तान गोल गर्नबाट चुकेका थिए ।

निर्धारित समयमा भीमफेदीको तर्फबाट सविन घले र श्रीजन दानीले गोल गरेका थिए । कैलाशबाट सुमनसिं स्याङ्तान र विकल मोक्तानले गोल गरेका थिए । मकवानपुर जिल्लाको दशवटा स्थानीय तह सहभागी प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुर प्रमख ललित घलानले गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष भेष खड्गीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिता चैत ११ गतेसम्म सञ्चालन हुनेछ ।