२०८१ बैशाख १५, शनिबार    

पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

२०७९ श्रावण २७, शुक्रबार ०८:४४ बजे

पौडी खेल्न क्रममा डुबेर झापामा दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले दिएको जानकारी अनुसार झापा शिवसताक्षी नगरपालिका ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला र सोही स्थानका ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा बिहीबार अपराह्न मृत्यु भएको हो ।

दुवै जना नुहाउन भनी घरबाट हिँडेको र अबेरसम्म नफर्किएपछि खोजी गर्दा राति करिब ९ वजे स्थानीय सताक्षी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरुको कपडा भने शव फेला परेको स्थानदेखि करिब ४ किलो मिटर वरै कन्काई सिँचाई नहरको डिलमा भेटिएको थियो ।

नहरको पानी पौडी खेल्ने क्रममा उनीहरुलाई बगाएर सताक्षी खोला पुऱ्याएको हुन सक्ने अनुमान प्रहरीको छ ।