२०८१ बैशाख १७, सोमबार    

मनहरीमा पेस्तोलसहित २ जना पक्राउ

२०८० पौष १३, शुक्रबार १८:४१ बजे

मकवानपुरमा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । 

मनहरी गाउँपालिका-९ खरंगातर्फ बा ४१ प २८१८ नं.को मोटरसाइकलमा आउँदै गरेका मकवानपुर राक्सीराङ-२ का २६ वर्षीय लालकुमार तितुङ र पछाडि सवार १९ वर्षका ज्ञानबहादुर स्याङ्तान कटुवा पेस्तोल र बारुद भरेको गोली २ थानसहित बिहीबार पक्राउ परेका हुन् । 

मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रका लागूऔषध कारोबारीहरुले अवैध साना हतियारहरु बोकेर हिँड्ने गरेका छन् । यसअघि पनि प्रहरीले मकवानपुरकै राक्सिराङबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको थियो ।

विशेषगरी लागूऔषध कारोबारी र लुटेराहरुले उक्त क्षेत्रमा अवैध साना हातियारहरु बोकेर हिँड्ने गरेको राक्सिराङ गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।