२०८१ बैशाख १३, बिहीबार    

मतदानसँगै शारीरिक अशक्तको अपेक्षा : हाम्रो समस्याको सुनुवाइ होस्

२०७९ बैशाख ३०, शुक्रबार ०८:५४ बजे

मकवानपुर जिल्लाभर स्थानीय तह निर्वाचनमा धमाधम मतदान भइरहेको छ । सोही क्रममा शारीरिक अशक्तहरु पनि सहभागी भएका छन् ।

आफ्नो मताधिकार प्रयोग गरेसँगै उनीहरुले आफ्नो समस्या समाधान होस् भन्ने कामना गरेका छन् । हेटौंडा–१९ की पूर्णकुमार पहेंलीले आफू वृद्धा भइसकेको र समस्या समाधान होस् भनेर मतदान प्रक्रियामा सहभागी भएको बताइन् । ‘हामी वृद्धाहरुको समस्या निर्वाचित हुनेले बुझ्लान भनेर भोट हाल्न आएका हौं ।’,उनले भनिन् ।

करिब तीनवर्ष अगाडि रक्तचापका कारण शारीरिक अशक्त भएका सोही स्थानका वीर नेपालीको पनि माग उही छ । उनले आफ्नो परिवारमा रहेको छोरी र पत्नीका लागि रोजगारीको अवसर सिर्जना हुन्छ कि भनेर मतदान प्रक्रियामा सहभागी भएको बताए ।