२०८१ बैशाख १२, बुधबार    

लागूऔषधसहित जटाशंकर र रञ्जित पक्राउ

२०७९ भाद्र ४, शनिबार १६:२५ बजे

मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याव्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध सहित बसमा सवार मोरङ बिराटनगर महानगरपालिका–१५ घर भई हाल पर्सा वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मालाई पक्राउ गरेको थियो । बसमा २० किलाको चामलको बोरामा लुकाई ल्याएको लागू औषध डाईजेपाम ३१० एम्पुल, फेनरागन ३१० एम्पुल, नुर्फिन ३१० एम्पुल सहित जम्मा ९३० एम्पुल र नाईट्राभेट ६०० ट्याबलेट बरामद गरेको थियो ।

पक्राउ परेका रञ्जित शर्माले दिएको सूचनाका आधारमा प्रहरीले पर्सा वीरगञ्ज बस्ने जटाशंकर सोनारलाई पनि पक्राउ गरेको छ । प्रहरीले ना.२६ प ७९८० नम्बरको मोटरसाइकलसहित लोथर स्थित सडक किनारमा बसिरेको अबस्थामा सोनाललाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।