२०८१ आश्विन २६, शनिबार    

जयराम लामिछानेद्वारा प्यानल घोषणा

२०७८ फाल्गुन १३, शुक्रबार १८:२० बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् ।

उनले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् । लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई/दुईजना हुने व्यवस्था रहेको छ ।

उनले सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको बताए ।